न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा आज फूलकोर्ट बस्दै

माघ ४, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय गर्नका लागि बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने जनाइएको छ । ​