नेपाल टेलिकमले सार्वजनिक गर्यो विन्टर अफर

माघ २, काठमाडौँ । नेपाल टेलिकमले सोमबारदेखि लागु हुने गरी विन्टर अफर २०७८ सार्वजनिक गरेको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । 

अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब सजिलो अनलिमिटेड प्रिपेड ७९९, सजिलो अनलिमिटेड प्रिपेड ९९९ र सजिलो अनलिमिटेड प्रिपेड १४९९ प्याक समेत उपलब्ध हुने भएको छ ।