नोबेल कलेजका सञ्चालकलाई विद्यार्थीले लगाए कालोमोसो

नोबेल मेडिकल कलेजका विद्याथीहरुले सञ्चालक सुनिल शर्मालाई आन्दोलित विद्यार्थीहरुले कालोमोसो दलेका छन् । एमिबिएस विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि शर्मालाई शुक्रबार कालोमोसो दलेका हुन् ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम समेत गरेका थिए । विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो ।

शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

 शिक्षा मन्त्रीसमेत उपस्थित बैठकमा बैठकमा विभिन्न कलेजका मालिक शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार बढी शुल्क लिन पाउनुपर्ने अडान राखेका थिए। बैठकका निर्णयमा पनि उनले नोट अफ डिसेन्ट लेखेका छन्।