निर्वाचन आयोगले भन्यो-माघ पहिलो साताभित्रै स्थानीय चुनावको घोषणा गर्नुपर्छ’

पुस ३०, काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग गरेको छलफल गरेको छ । आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन तयारी र मतदाता नामावली अद्यावधिकको विषयमा दलहरूसँग सर्वदलीय बैठकमा छलफल गरेको हो।

बैठकमा आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । छलफलमा निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएको जनाइएको छ। आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यस्तै पालिका निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार पालिकाका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।