अध्यागमन विभागको आग्रह अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्नु

पुस २९, काठमाडौँ । अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागले सचेत गराएको छ ।

ट्राभल एडभाइजरी जारी गर्दै विभागले ‘नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएको मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामाबाहेक यात्रा नगर्न अनुरोध गरुको छ । सोमबारगको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधवार ट्राभल एडभाइजरी जारी गरेको हो ।

नेपाल सरकारले ओमिक्रोनको सङ्क्रमण सुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मङ्सिरबाटै रोक लगाइसकेको छ ।