पुस २५ , काठमाडौं। कोरोना भाइरस फैलिएपछि सरकारले कडाई गर्ने भएको छ। राजनीतिक दलको भेलाहरुबाट बढी संक्रमण फैलिएपछि २५ जनाभन्दा बढी भेला हुन निषेध गर्ने भएको छ ।
आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले कोरोना भाइरस व्यापक रुपमा फैलिइरहेकाले सतर्कता अपनाउन यस्तो निर्णयहरु गरेको छ ।
कोरोना भाइरसविरुद्धको भ्याक्सिन र बुस्टर डोजमा सरकारले जोड दिएको र भ्याक्सिन अनिवार्य गर्दै नलगाएकालाई हिडडुल गर्न पनि कडाई गर्नेबारे सरकारले तयारी गरेको छ ।
संक्रमणलाई दृष्टिगत गरी हटस्पटहरुमा लकडाउनसम्म जानसक्ने गरी छलफल भएको थियो । पूर्ण लकडाउन नगरेपनि भ्याक्सिन नलगाएकाहरुको हकमा कडाई गर्ने तयारी भएको छ ।



