आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्ड

पुस २५ , काठमाडौँ । सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।

आइतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउन र  विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

नेपालमा कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरू गरेको हो