नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरि २० हजार प्रहरीको बढुवा हुँदै

पुस २५, काठमाडौं ।नेपाल प्रहरीमा एकैपटक २० हजार प्रहरीको बढुवा हुने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित गरेसँगै प्रहरीको एकैपटक यति ठूलो संख्यामा बढुवा हुन लागेको हो ।

मन्त्रिपरिषद्ले पारित गरेको नियमावलीमा प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने प्रावधान राखिएको छ ।सरकारको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ ।

१०÷१२ वर्षसम्म पनि एकै तहमा रहनुपर्ने, बढुवा नहुँदा जागिर छाड्ने, निराशा बढ्दै गएको भन्दै प्रहरी प्रधान कार्यालयले तह बढुवाको प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीमा तल्लो दर्जाको मनोबल वृद्धिका लागि के गर्न सकिन्छ भन्नेबारे समिति नै गठन गरे अध्यय समेत गरिएको थियो ।

प्रहरीको नियमावली संशोधन प्रस्ताव लागु भएसँगै कायम दरबन्दीबाट ३३ प्रतिशत प्रहरी कर्मचारी सहायक हवल्दार हुनेछन् ।४६ हजार जवानमध्ये १५ हजार बढी जवान सहायक हवल्दार हुनेछन् भने तीन हजार ७०० हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार बढी सई वरिष्ठ सईमा बढुवा हुनेछन् ।बढुवा प्रक्रियामा ज्येष्ठता क्रमलाई हेरिनेछ ।