देशलाई सकारात्मक सोच्ने तन्नेरीहरू चाहिएको छ -गगन थापा

पुस २४, काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताएका छन् ।

देशमा धेरै कुराहरू बिग्रेकाले त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तन्नेरीहरू जोसिला हुने भन्दै त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए ।

उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्ने कुरामा जोड दिए ।