मुन्टुको हत्या आरोपमा चार जना पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीमा एकजना बालकको हत्याको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।पक्राउ परेकाहरुको नाम सर्वजनिक गरिएको छैन । यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

मन्टु गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मृत अवस्थामा फेला परेको थियो ।