मन्त्रिपरिषद् बैठकका १४ निर्णय

पुस २२, काठमाडौं । सरकारले गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सीडीओलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएका हुन् ।