प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुने

२२ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगितभएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।

जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो ।प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ ।