बालुवाटारमा राजनीतिक समन्वय समितिको बैठक

बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ।

गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज बिहान बसेको हो।

उक्त समितिको संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल छन्। झलनाथ खनाल, डा बाबुराम भट्टराई , कृष्णप्रसाद सिटौलालगायत सहभागी रहेका छन् । बैठकमा रामचन्द्र पौडेलले बुधबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबारे जानकारी दिएका थिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न उक्त समितिको बैठक बसेको स्रोतले जानकारी दियो।