कुल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार हुदाँ ३० अङ्कले घट्यो नेप्से

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ३०.७५ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २६४९ अङ्कमा झरेको छ ।

कुल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । फाइनान्स र जलविद्युत उपसमूह बढेका छन् भने अरु सबै घटेका छन् । फाइनान्स २ र जलविद्युत उपसमूह १४ अङ्कले बढेका छन् ।

यस्तै ,बैङ्किङ २७, विकास बैङ्क ७९, होटल तथा पर्यटन ६९, लगानी १, जीवन बीमा ५६, उत्पादन ५१, माइक्रोफाइनान्स ११०, निर्जीवन बीमा २२८, अन्य ३ र व्यापार उपसमूह ५० अङ्कले घटे । बुधबार कुल १३४ कम्पनीको मूल्य घट्यो भने ५२ कम्पनीको बढेको छ ।

मध्यभोटेकोसी जलविद्युतको मूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढ्यो । कम्पनीको मूल्य प्रतिकित्ता २१४.२० पुगेको छ ।

छ्याङदी हाइड्रोको ५.४, तेह्रथुम पावरको ५.४, जनउत्थान सामुदायिक लघुवित्तको ४ र विशालबजार कम्पनीको ४ प्रतिशतले नै मूल्य बढेको छ ।

विजय लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रह्यो ।