माओवादी केन्द्रको निर्वाचन कार्यतालिका संशोधन,

१७ पुस, काठमाडौं । माओवादी केन्द्रको निर्वाचन कार्यतालिका संशोधन भएको छ । संशोधित कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ताको समय आइतबार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म तोकिएको छ । आइतबार दिउँसो ३ः४० बजे उम्मेदवारको मनोनयनपत्र दर्ताको सूची प्रकाशित गरिनेछ ।

दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्याइएको छ । साँझ पौने ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । आइतबार साँझ ६ः२५देखि राति १०ः२५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।