आइतबारको सार्वजनिक बिदा खारेज

जेठ ३१ काठमाडौँ । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणको रूपमा लागू गरिएको हप्तामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।

बिदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

सूचना !