एन्फाले तोक्यो निर्वाचन मिती

२४ पुस, काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा अर्को वर्ष जेठमा हुने भएको छ ।

एन्फाको १५औं केन्द्रीय कार्यसमितिको बिहीबार र शुक्रबार बसेको बैठकले २०७९ जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको छ । यस्तै आगामी माघ २९ गते विशेष साधारण सभा गर्ने निर्णय भएको छ ।

साथै आगामी  फागुन १५ देखि ३० गतेभित्र जिल्ला संघलगायत सदस्य संघहरूको निर्वाचन गर्ने रचैत्र १ देखि १० गतेभित्र प्रदेश संघको निर्वाचन गर्ने निर्णय भएको छ । माघ १५ र १८ गते मरिसससँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू खेल्ने निर्णय पारित गभएको छ ।शहीद स्मारक ए, बी र सी डिभिजन लिगका क्लबहरूलाई तयारी स्वरुप दिइँदै आएको रकममा दुई लाख पचास हजार थप्ने निर्णय पारित भएको छ ।

महिला राष्ट्रिय लिग यही माघ १५ गतेदेखि संशोधित बजेटसहित अनुकुल स्थानमा आयोजना गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।