सवारी साधनमा जोर बिजोर लागू नगर्न यातायात व्यवसायीको माग

माघ ७, काठमाडौं । यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै जोर बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् ।