ढुंगेअड्डामा भेटियो शंकास्पद वस्तु, बम भएको शंका

काठमाडौं । काठमाडौंकाे ढुंगेअड्डास्थित एक पेट्रोलपम्प नजिकै शंकास्पद वस्तु फेला परेको छ । विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कालिका पेट्रोलपम्प नजिकै शंकास्पद बस्तु भेटिएपछि त्यसक्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ भने स्थानीय त्रसित भएका छन् ।

कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।उक्त ठाउँमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए ।