उपत्यकामा माघ ७ गते देखि जोर विजोर (विज्ञप्तिसहित)

माघ ६ काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिइन् ।

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको हो ।