ntc

समुन्द्र पारि

चर्चामा एमसीसी सम्झौताको ४ वर्ष

भदौ २०,काठमाडौं। नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच सम्झौतामा हस्ताक्षर भएको ४ वर्ष पूरा हुन लागेको छ। २०६९ सालदेखि निरन्तर दुईपक्षीय छलफलपछि २०७४ साल भदौको अन्तिममा नेपाली कांग्रेसको सरकार हुँदा वाशिङटनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो। यसमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नासले हस्ताक्षर गरेका थिए। एमसीसी सम्झौताको ४ वर्ष पूरा हुँदै गर्दा यो बीचमा चर्चा धेरै भएको छ भने [विस्तृतमा...]

अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य सुरु

साउन ३२,काठमाडौं। द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य थालिएको छ। सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ। सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय [विस्तृतमा...]

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

जेठ ७,काठमाडौं। अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन्। चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ। संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली नागरिक पनि प्रस्थान गर्न पाउने व्यवस्था गरेको हो। अब विदेशी नागरिक तथा कार्गाेका लागि हुने चार्टर उडानबाट नेपाली [विस्तृतमा...]

गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

जेठ २,काठमाडौं। आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ। सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन्। कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ। घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ। ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न [विस्तृतमा...]

श्रीलंकाका जेलमा २६ नेपाली महिला : कसले पुर्यायो ?

फागुन १६,काठमाडौं। संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ। मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलोम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेका बताए। उनका अनुसार जेलमा [विस्तृतमा...]

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

भदौ २४,काठमाडौं। कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो। त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन्। यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् । प्रतिनिधिसभातर्फ काठमाडौंबाट निर्वाचित सांसदहरूको मंगलबार ज्ञापनपत्र बुझ्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले [विस्तृतमा...]

कोरोना भाइरस जर्मनी: प्रतिबन्धविरुद्ध हजारौँ मानिस प्रदर्शनमा, कैयौँ गिरफ्तार

भदौ १४,काठमाडौं। कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा प्रदर्शनमा उत्रिएका ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको छ। सडकमा करिब ३८,००० मानिस उत्रिएका थिए र प्रदर्शन सामान्यतया शान्तिपूर्ण रह्यो। जर्मनीमा जस्तै यूके, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोनाभाइरस महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्धहरूको विरोधमा प्रदर्शनहरू भएका छन्। बर्लिनको एउटा प्रदर्शनबाट करिब २०० जनालाई पक्राउ गरिएको छ। जर्मनीमा के भयो ? अधिकारीहरूले [विस्तृतमा...]

३५ हजार नेपालीको उद्धार, सबैभन्दा बढी यूएईबाट

साउन १३,काठमाडौं। भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ। साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ। त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ। नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा [विस्तृतमा...]

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको प्राथमिकता सूची तयार

जेठ २८,काठमाडौं। सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ। गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ । सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने [विस्तृतमा...]

विदेशबाट १० लाख नेपाली फर्कन सक्ने

बैशाख १४,काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेलगत्तै ती नेपाली श्रमिक फर्कने भएकाले उनीहरुको व्यवस्थापनका लागि तयारी थाल्न सरकारलाई सुझाव समेत दिइएको छ।शनिबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिडियो कन्फेरेन्समा रसियाबाट बोल्दै संघका उपाध्यक्ष बद्रि केसीले लकडाउनको अन्त्यपछि १० देखि १२ लाख [विस्तृतमा...]
1 2 3 11
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।