ntc

समाचार

ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

बैशाख ३०,काठमाडौं। केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्। ठाकुरनिकट नेता डा. सुरेन्द्र झाका अनुसार बुधबार दिउँसो ठाकुर र महतोले राष्ट्रपति कार्यालय शितल निवास गई राष्ट्रपतिलाई भेटेका थिए। ‘जसपामा दुईवटा पार्टी अध्यक्षको व्यवस्था छ। पहिलो अध्यक्षलाई बेवास्ता गर्दै दोस्रो अध्यक्षले गरेको हस्ताक्षरले [विस्तृतमा...]

तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात

बैशाख २८,काठमाडौं। चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो। परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ। चैत महिनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो। चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो। [विस्तृतमा...]

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

बैशाख २८,काठमाडौं। कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए। कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सिसिएमसी मार्फत [विस्तृतमा...]

अक्सिजनको हाहाकार

बैशाख २७,काठमाडौं। देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ। अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ। अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन्। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए। ‘के गर्ने होला ? अस्पतालमै पनि रहेनछ,’ उनी [विस्तृतमा...]

१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

बैशाख २७,काठमाडौं। अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ। यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो। गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षा नै थप १३ प्रतिशत लाग्ने आंकलन अर्थ मन्त्रालयको छ । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेकोमा मध्यावधि समीक्षा गरी १३ खर्ब ४४ खर्ब [विस्तृतमा...]

ओलीको त्यो अडानले एमालेमा कुरा बिगार्‍यो

बैशाख २७,काठमाडौं। प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिबकरिब सहमति जुटेको थियो। दुवै पक्षका नेताबीच २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको बैठक राख्ने त्यही बैठकले माओवादीबाट एमालेमा आएका नेतालाई पनि जिम्मेवारी दिने, महाधिवेशन गर्ने तथा पुरानै स्थायी कमिटी राख्ने विषयमा छलफल भएको थियो। त्यसमा नेपाल पक्षका नेता तयार भएका थिए। ओली पक्षले पदाधिकारीलाई राख्ने कि [विस्तृतमा...]

चीनबाट सिलिन्डर ल्याइने

बैशाख २६,काठमाडौं। कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ। निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं.आरए–४२५१ को वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने निश्चित भएको जानकारी दिए। जहाजले पहिलो [विस्तृतमा...]

स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोएर लगाउन बाध्य

बैशाख २६,काठमाडौं। कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन्। कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी कोभिड अस्पतालमा संक्रमितको रेखदेख गर्ने क्रममा स्वास्थ्यकर्मीले पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गरिरहेका हुन्। अस्पतालको आम्दानी कम भएको र कतैबाट कुनै सहयोग नमिलेकाले स्वास्थ्यकर्मीले एकपटक लगाएको पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गर्न बाध्य भएका जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। किशोर [विस्तृतमा...]

सिलिन्डर नहुँदा अक्सिजन अभाव

बैशाख २४,काठमाडौं। विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ। सिलिन्डर नभएकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको संघका अध्यक्ष गौरव शारडाले बतााए। ‘उपत्यकाबाहिरका [विस्तृतमा...]

कोरोना महामारीमा निजी अस्पतालको कमाउ धन्दा

बैशाख २४,काठमाडौं। देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्। ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको शुल्कको सूचीसहितको ‘मञ्जुरीनामा’ को सर्वत्र टिकाटिप्पणी भइरहेको छ। कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको ५० हजार रुपैयाँ उक्त अस्पतालले तोकेको छ। सरकारले कोभिडका बिरामीको उपचार गरेबापत सरकारी अस्पताललाई शुल्क [विस्तृतमा...]
1 2 3 622
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।