ntc

मनोरञ्जन

#10YearsChallenge: यो चुनौतीले संसारभरि मानिसहरूलाई किन उत्साहित बनाइरहेको छ

माघ ५,काठमाडौं। सामाजिक सञ्जालमा केही दिनदेखि आफ्ना १० वर्ष पुरानो र अहिले खिचेको तस्बिर हाल्ने होडबाजी चलेको छ। तर यसको खतराका बारेमा पन‌ि चर्चा शुरु भएको छ। विश्वभरि चलेको #10YearsChallenge को लहरले नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि आकर्षित गरेको छ। साथीसङ्गीसँग अन्तर्क्रिया र मनोरञ्जन गर्न सुरु भएको जस्तो देखिए पनि अनुहार चिन्ने प्रविधि परीक्षण र सुधार गर्न ठूला इन्टर्नेट कम्पनीहरूले नै यो ुचुनौतीु चलाएको आशङ्का पनि गरिएको छ। सूचनाप्रविधिबारे जानकारी राख्नेहरूले यसलाई [विस्तृतमा...]

अस्पतलाबाटै अभिनेत्री ऋचा शर्माले भनिन्- म ठिक छु

माघ ३,काठमाडौँ। एक्कासी छाती दुखेपछी नर्भिक अस्पताल भर्ना भएकी अभिनेत्री ऋचा शर्माले आफु ठिक रहेको बताएकी छिन्। छातिमा अकस्मात समस्या भएपछि विहीबार साँझ नर्भिक अस्पतालमा भर्ना भएकी अभिनेत्री शर्माको स्वास्थ्यमा सुधार आएको छ। छाति अचानक दुखेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। उनको आइसियूका उपचार भइरहेको छ। अस्पतलाबाटै सामाजिक सञ्‍जालमा आफ्‍नो स्वाथ्यबारे अपडेट गराउँदै ऋचाले आफूलाई हृदयघात नभएको र छातिमा सामान्य समस्या भएर अस्पताल भर्ना भएको बताएकी छिन्। [विस्तृतमा...]

‘बुलबुल’ ट्रेलरमा स्वस्तिमाका अनेक रुप

माघ २,काठमाडौँ। फिल्म ‘बुलबुल’ले माघे सङक्रान्तीको अवसर पारेर ट्रेलर सार्वजनिक गरेको छ। फिल्मले केही दिनअघि फिल्मकीमुख्यअभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिकगर्दै माघ १ मा ट्रेलर सार्वजनिकगर्ने घोषणा गरेको थियो। सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत फिल्मको कथाभन्ने प्रयास गरेको छ। सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्कासँगै नवअभिनेतामुकुनभुषाल र लक्ष्मीबर्देवाले पनिपर्याप्त स्थानपाएकाछन्। निर्देशक विनोद पौडेलले बजार र [विस्तृतमा...]

फिल्म ‘सानो मन’ घोषणा, बाँधियो आयुष्मान र शिल्पाको जोडी

माघ २,काठमाडौँ। सुयोग गुरुङको डेब्यु निर्देशनमा फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ। म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ। मंगलवार माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रम बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ। ‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन्। आयुष्मानले ‘सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए। [विस्तृतमा...]

प्रेम दिवसको दिन हुने भयो वर्षा र संजोगको विवाह

पुस ३०,काठमाडौं। अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिने भएका छन्। लामो समय देखि प्रेममा रहेका यी दुईले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत विवाहको डेट सार्वजनिक गरेका हुन्। प्रेम दिवसको रुपमा मनाइने दिन अर्थात् फेब्रुअरी १४ मा यी दुईले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गर्नेछन् । वर्षाले ‘नाई न भन्नु ल’ सिरिज मार्फत फिल्मनगरीमा डेब्यु गरेकी हुन् भने संजोगले फिल्म ‘उत्सव’ मार्फत [विस्तृतमा...]

पाएँ भने विवाह गर्ने हो नत्र कोमल वली–२ पनि हुन सकिन्छ : ज्योती मगर

ज्योती मगर। नामै काफी छ। नेपाली कला क्षेत्रको चर्चित यो नाम विभिन्न तवरवाट बेला बेलामा चर्चामा आईरहन्छ। कहिले भल्गर प्रस्तुतीको कारण त कहिले उत्ताउलो गित संगितले ज्योतीलाई सधैँ विवादमा राखिरह्यो । विवादित ज्योती मगरसँग गरिएको कुराकानी : सधैं अर्धनग्न रूपमा स्टेज चढ्नुहुन्छ, कहिलेसम्म बिक्छ यो जवानी ? जहिलेसम्म बिक्छ विकाउने हो । बिक्न छोड्यो भने नयाँँ उपाय आइहाल्छ। सबैलाई थाहै छ, यो मनोरञ्जनको संसार हो। आफ्ना सबै काम छोडेर आउने दर्शकलाई अलिकति पनि मनोरञ्जन दिन सकिएन भने त त्यसको अर्थ [विस्तृतमा...]

सद्भाव र ऐक्यवद्दताको उदेश्य सहित सात प्रदेशमा ‘सप्तरङ्ग’

पुस २४,काठमाडौँ। गृष्मा ब्रोडकाष्टिड। प्रा।लीको आयोजनामा ुसप्तरङ्गु एक पृथक सांगितिक यात्रा हुने भएको छ। सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको छ। माघ १८ गते देखी फागुन २ गते सम्म हुने कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट समाबेश छ्न् । ‘सप्तरङ्ग’ माघ [विस्तृतमा...]

चलचित्र ‘रणवीर’ को पहिलो गीत सार्वजनिक

पुस ८,काठमाडौं। चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक भएको छ। चलचित्रमा समावेश ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको यो गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको आवाज छ भने राजनले गीतमा शब्द तथा संगीत कोरेका छन् । यो गीतको भिडियोको लागि प्रयोग गरिएको सेट भव्य छ । काठमाण्डौको बालमन्दिरमा सेट लगाएर गीतको छायांकन गरिएको हो । रामजी लामिछानेले यो भिडियोमा कोरियोग्राफी गरेका छन्। यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल सिटौला, नयाँ नायिका [विस्तृतमा...]

एक गाइ पाल्ने कृषकको कथामा चलचित्र ‘गोपी’

पुस ४,काठमाडौं। एक गाइ पाल्ने कृषकको कथामा चलचित्र निर्माण भएको छ। माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को आज ट्रेलर सार्वजनिक भएको छ। यो ट्रेलरमा नेपालमै राम्रो पढाई गरेर विदेश नगई देशमै गाइपालन गर्ने एक यूवकको कथालाई देखाइएको छ। चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्कीलाई देखाइएको छ भने नायिकाद्धय बर्षा राउत र सुरक्षा पन्तले उनलाई साथ दिएका छन्। दीपेन्द्र लामाको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा छ। चलचित्रमा श्रीधर पौडेल [विस्तृतमा...]

स्वस्तिमा खड्कालाई टेम्पो ड्राइभर देखाइएको ‘बुलबुल’ को टिजर सार्वजनिक

पुस २,काठमाडौं। टेम्पो ड्राइभरको भूमिकामा नायिका स्वस्तिमा खड्कालाई देखाइएको चलचित्र ‘बुलबुल’ को टिजर सार्वजनिक भएको छ। नायक–नायिकालाई बाटोमै नचाएर गीत रिलिज गरिएको यो चलचित्रको टिजरले दर्शकको ध्यान तान्न सक्छ। चलचित्रमा स्वस्तिमाको साथमा मुकुन भुषालको मुख्य भूमिका छ। चलचित्रको टिजरले यसको कथावस्तुको छनक दिन खोजेको छ ।यो चलचित्र फागूणको ३ गतेबाट रिलिज हुँदैछ। विनोद पौडेलको निर्देशनमा चलचित्र तयार भएको हो चलचित्रका निर्माता अविरल थापा रहेका छन् । यो चलचित्रका कार्यकारी [विस्तृतमा...]
1 2 3 4 5 84
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।