नेपाल आयल निगमको संचित शून्य

माघ ४ , काठमाडौं। नेपाल आयल निगमको संचित सून्य भएको छ । संचितमा कुनै रकम नभएपछि उसले पेट्रोलियम पद्धार्थ आयातका लागि सरकारसँग ऋण मागेको छ ।

आगामी ९ माघभित्र निगमले इन्डियन आयल कर्पोरेशनलाई पठाउनुपर्ने रकममा २ अर्ब अपुग हुने भएपछि निगमले ३ माघमा विज्ञप्ति जारी गरी घाटा विवरण पेश गर्दै तत्काल रकम व्यवस्था गरी आपूर्ति सहज बनाउनुपर्ने वाध्यताबारे उल्लेख गरेको छ । तेल आपूर्तिका लागि उसले रकम व्यवस्थापनका लागि सरकारलाई अनुरोध गरेको हो ।

निगमले मासिक ४ अर्ब रुपैयाँ भन्दा बढी घाटा रहने देखिएकाले ३ महिनासम्मका लागि तेल आपूर्तिका लागि न्यूनतम १२ अर्ब रुपैयाँ आवश्यकता रहेको उल्लेख गरेको छ ।