प्रधानमन्त्री देउवाकाे विरुद्ब नाराबाजी (फोटो र भिडिओसहित ) ‍‌‌

काठमाडौ ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सार्वजनिक कार्यक्रममै विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसीलाई लिएर नाराबाजी सहित युवाहरुले प्रदर्शन गरेका छन् ।

विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबार छलफल भएलगत्तै देउवाले विरोधको स्वर सहनु परेको हो।

नागरिकता विधेयक राष्ट्रियसभामा विचार गरियोस् भनेर प्रस्ताव भइरहेका बेला देउवा सोमबार राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठान कमलादीकाे कार्यक्रममा सहभागी हुन पुगेका थिए।