एमालेले अर्थमन्त्रीलाई बोल्न नदिने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।

आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमालेसँग सल्लाह गरेर अघि बढ्ने निर्णय गरेको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।