नारायणगढ-मुग्लिन सडक अवरुद्ध

जेठ २६, काठमाडौँ । गए राति पहिरो खस्दा मुग्लिन-नौबिसे र मुग्लिङ-नारायणगढ सडक अवरुद्ध भएको छ।

मुग्लिन-नौबिसे सडकखण्डस्थित इच्छाकामना गाउँपालिका नाग्दीखोलामा सडक अवरुद्ध भएको छ।

यस्तै मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी पुलमा सडक अवरुद्ध भएको छ।

पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।