आइपिएल: आज गुजरात र राजस्थान भिड्दै

जेठ १०, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज (मङ्गलवार) गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

कलकत्तामा दुई टोलीबिचको क्वालिफायर खेल नपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । दुवै टोली आजको खेलमा जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छन् ।

लिग चरणको खेलजमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको थियो । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न खेल्ने छ ।

गुजरातले २० अङ्क जोडेर शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्न लागेको हो । यता १८ अङ्क जोडेर राजस्थानले क्वालिफायरमा खेल्न लागेको हो ।