ललितपुर महानगरमा चिरिबाबु दोहोरिने

जेठ १०, काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित निश्चित भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गरेका छन् ।

एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभन्दा १७ हजार ६०७ मतले अगाडि छन् ।

उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यको जीत निश्चित भएको छ ।