नेपालको वलिङ चम्किएपछि ओमान ३९ रनले पराजित

फागुन ६ काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको थियो ।

नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा ओमानले १७ ओभरमा ७८ रन बनाउँदै अलआउट हुनपुग्यो ।

ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।

नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तिन विकेट लिए । यस्तै, जितेन्द्र मुखिया, दिपेन्द्र सिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान दुई÷दुई तथा अभिनास बोहोराले एक विकेट लिए ।

नेपालका लागि आरिफ सेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए । यस्तै कप्तान सन्दीप लामिछानेले पनि अविजित रहँदै ७ बलमा १६ रन बनाउन सफल भए ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन मात्र जोड्न सके ।

ओपनर आशिफ शेख र कुशल भुर्तेल क्रमशः ४ र ५ रनमा आउट भए ।

ओमानका लागि खवार अलिले सर्वाधिक तिन विकेट लिए । बिलाल खानले दुई तथा फायाज बुटले र जिसन मक्सुदले समान एक विकेट लिए ।

यस जितसँगै नेपालले सुखद सुरुवात गरेको छ ।