१,१२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

माघ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।