ntc

दुर्घटना बीमालाई छुट्टै निर्देशिका जारी

        #बीमा   |   14 Views   |   Published Date : 16th November 2021 |

कात्तिक ३०,काठमाडौं। दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ। समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो। नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन। समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो ।

समितिले निर्जीवन बीमा कम्पनीहरूका लागि उक्त निर्देशिका जारी गरेको हो । अब निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ। समितिले निर्देशिकामार्पmत व्यतिगत तथा सामूहिक रूपमा समेत दुर्घटना बीमा गर्न पाउने व्यवस्था गरेको छ । कुनै समूहमा आबद्ध व्यक्तिहरूको मात्रा सामूहिक रूपमा यस्तो बीमा गर्न सकिनेछ । बीमा गर्ने उद्देश्यले नै छुट्टै समूह स्थापना भने गर्न नपाइने बताइएको छ । व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिहजार २ रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । त्यसअनुसार कुनै एक जना व्यक्तिले रू. १ लाखको दुर्घटना बीमा गर्दा रू. २०० प्रिमियम तिर्नुपर्ने देखिन्छ। ​सामूहिकतर्फ भने २५ जनासम्मको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ नै शुल्क लाग्नेछ । २६ देखि १०० जनासम्मको बीमा गर्दा भने प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा र १०० जनाभन्दा बढीको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ५० पैसा बीमाशुल्क लाग्नेछ ।

आर्थिकअभियानदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।