ntc

छ अर्ब साठी करोडभन्दा बढी पुनर्कर्जा स्वीकृत

        #चालूआर्थिकवर्ष   |   23 Views   |   Published Date : 11th November 2021 |

कात्तिक २५,काठमाडौं। चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म छ अर्ब ६० करोड रुपियाँभन्दा बढी पुनर्कर्जा स्वीकृत भएको छ। कुल २१ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५५ जना ऋणीको पुनर्कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। कोभिड–१९ बाट प्रभावित उद्योगी–व्यवसायीका लागि व्यवस्था गरिएको पुनर्कर्जाअन्तर्गत विशेष पुनर्कर्जा शीर्षकमा ११ जना ऋणीले एक अर्ब ८६ करोड २३ लाख लिएका छन्।

त्यस्तै साधारण पुनर्कर्जा शीर्षकमा ४४ जना ऋणीले चार अर्ब ९३ करोड ९० लाख रुपियाँ लिएका छन्। प्रवाह भएको कर्जामध्ये करिब ५१ प्रतिशत कर्जा पर्यटन क्षेत्रमा प्रवाह भएको छ। पर्यटन क्षेत्रमा तीन अर्ब ४६ करोड ३८ लाख रुपियाँ कर्जा प्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ। त्यस्तै जलविद्युत् क्षेत्रमा एक अर्ब ६० करोड ७६ लाख रुपियाँ, उत्पादनमूलक क्षेत्रमा ८० करोड ८० लाख, अस्पताल क्षेत्रमा ४८ करोड ७० लाख रुपियाँ कर्जा प्रवाह भएको छ। शिक्षा क्षेत्रमा साढे २४ करोड, यातायात क्षेत्रमा १३ करोड ५२ लाख र कपडा उद्योगमा पाँच करोड ४७ लाख रुपियाँ प्रवाह भएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी पुनर्कर्जा बागमती प्रदेशमा प्रवाह भएको छ ।

यस प्रदेशमा तीन अर्ब ४५ करोड ३६ लाख रुपियाँ कर्जा प्रवाह भएको छ। त्यस्तै गण्डकी प्रदेशमा एक अर्ब ८९ करोड ३६ लाख, लुम्बिनी प्रदेशमा ८८ लाख ५५ हजार, प्रदेश १ मा ३६ करोड ४२ लाख र प्रदेश २ मा २० करोड ४४ लाख रुपियाँ कर्जा प्रवाह भएको छ ।

गोरखापत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।