ntc

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा

        #प्रचण्ड   |   335 Views   |   Published Date : 23rd August 2019 |

भदौ ६,काठमाडौं। पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन्। एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो।

बिहीबार बसको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वाथ्योउपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षमा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताए ।

नेपालसमाचारपत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।