ntc

‘सानो मन’ रिलीज मिति एक हप्ता पछि सर्‍यो

        #'सानोमन'   |   918 Views   |   Published Date : 26th June 2019 |

असार ११,काठमाडौं। काठमाण्डौ। अब नेपाली चलचित्र ‘सानो मन’ असार २७ गते रिलीज हुने भएको छ। यसअघि असार २० गते रिलीज हुने भनिएको थियो। प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको निर्माण पक्षले जनाएको छ।

‘हतारमा नराम्रो चलचित्र रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ’, निर्माता राजेन्द्र मानन्धरले बताए । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ। ओ।पि।जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो।

सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन्। समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन्। काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् । रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । म्युजिकल लभस्टोरी रहेको यस चलचित्रका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भईसकेका छन् ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।