ntc

प्रचण्डले भने : मलाई मार्ने सुचना पाएँ

        #प्रचण्ड   |   471 Views   |   Published Date : 15th March 2019 |

चैत १,काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्। ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला साथीहरुलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ?’

योङ कम्युनिस्ट लिगले आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहाललाई आफूलाई मार्ने योजना बनाएकामा ‘विप्लव’ प्रति दया लागेको बताए।

अन्नपूर्णदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।