ntc

स्वर्गद्वारीको सुन्दरता (फोटोफिचर)

          |   3474 Views   |   Published Date : 27th November 2016 |

कुलदीप न्यौपानेsworgadwari1-copy

प्युठान । उत्तरतर्फ अग्ला हिमश्रृंखलाले सिंगारिएको बजार । अलि पर सुन्दर जोगिमारा । पूर्वतर्फ देखिने प्युठान भिङ्री र गोठिबाङ गाबिसका गाउँ । यो हो पुण्य भूमि स्वर्गद्वारी । जुन स्वर्ग भन्दा कम छैन । यहाँ पुग्ने जोकोहीलाई पनि लोभ्याउँछ स्वर्गद्वारीको सुन्दरताले ।

sworgadwari-8-copy

समुद्र सतहबाट करिब सात हजार फीट उचाइमा रहेको स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको स्वर्गद्वारी खाल गाबिसमा पर्दछ । नेपालका प्रमुख धार्मिक पर्यटकीय स्थलहरु मध्य स्वर्गद्वारी एक हो । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास छ ।

dsc_0766-sorgadwari-3-copy

स्वर्गद्वारी मन्दिरको दक्षिणतर्फको अग्लो डाँडाको माथि एउटा गुफा रहेको छ, जुन गुफाबाट स्वर्गद्वारी महाप्रभु करिब चार घण्टाको पैदाल दूरीमा रहेको मान्डबी नदीमा नुहाउन जाने आउने गरेको भनाइ छ । बाल तपस्वी महाप्रभु हंसानन्द गिरीले १९५२ सालमा स्वर्गद्वारी आश्रमको स्थापना गरेको भन्ने भनाइ छ । देख्दा पनि निकै नै आर्कषक देखिने मन्दिर पञ्चायन आकारमा निर्माण गरिएको छ । बाहिरबाट हेर्दा नौवटा मन्दिर जस्तो नौ वटा नै गजुर देखिन्छ । भित्र भने एउटै मन्दिर छ ,यही मन्दिरको बिच भागमा १०० बर्ष अघी सुरु गरेको अखण्ड धुनी अहिले सम्म पनि निरन्तर बलिरहेको छ भने मन्दिरको दक्षिण तर्फ बाझको ब्रिक्ष्य छ, जहाँ महाप्रभु रोल्पाको रुम्टीबाट त्यस स्थानमा पुगेपछी पहिलो रात यही बृक्षमुनि बिताएको किम्बदन्ती छ ।

sworgadwari-7-copy

महाप्रभु त्यस स्थानमा बस्दा गाइसमेत पालेर बसेको अहिले यहाँ भयका गाइहरुबाट पनि प्रस्ट हुने गर्दछ । गाइको बासस्थानका लागि यहाँ गौशाला पनि तयार गरिएको छ । स्वर्गद्वारीमा विशेष गरी बैशाख पूर्णिमा, बुद्धजयन्तीमा र तिहारको गोबर्धन पूजाको दिन बिशेष मेला लाग्ने गर्दछ ।

dsc_0407cow-copy

स्वर्गद्वारी मन्दिरमा नेपालीहरु मात्रा नभइ भारतबाट समेत हजारौं र्तिथालु भक्तजनहरु आएर पूजाआजा गर्ने गर्दछन । स्वर्गद्वारी मन्दिरको वरिपरि रहेको शान्त वातावरणले जो कोहीको पनि मन लोभ्याउने गर्दछ । स्वर्गद्वारी धार्मिक हिसावले मात्रै नभै प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ ।

dsc_0061-sorgdwori-4-copy

क्षण- क्षणमा हावाको चिसो सिरेटोसँगै बादलले छोपिनु र क्षण भरमै उघ्रिनु यहाँको बिशेषता हो । चैत बैशाखमा ढकमक्क फुलेको लालीगुराँसले स्वागत गरिरहेका हुन्छन । यहाको प्राकृतिक सौन्दर्यताको वर्णन जती गरेपनि कम हुन्छ ।

dsc_9981-sorgdwori6-copy

प्युठान जिल्लामा पर्ने यो ठाउँलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सके राप्ती अञ्चलले नै प्रशस्त लाभ लिन सक्ने सम्भावना देखिन्छ । स्वर्गद्वारी मन्दिर पहाडी ग्रामीण भेगमा भएपनि आधुनिक शैलिमा निर्माण गरिएको छ । त्यहा जाने तिर्थ यात्रीहरुलाई सशुल्क खाना तथा बास बस्नको लागि मन्दिरमा व्यवस्था गरिएको छ।

dsc_0579-sorgadwori-6-copy

स्वर्गद्वारी जानको लागि दाङको सदरमुकाम घोराही र दाङकै भालुबाङ बजारबाट बस तथा निजी सवारि साधन बाट पुग्न सकिन्छ । घोराही देखी ५६ किलोमिटरको कच्ची सडक रोल्पाको होलेरी हुँदै पुग्न सकिन्छ । यो रुटमा दैनिक २ वटा बस जाने गर्दछन भने भलुबाङ देखी प्युठानको भिङ्री सम्म करीब ६० किलोमिटर पिच सडक र भिङ्री देखी झन्डै १४ किलोमिटरको कच्ची उकालो सडक हुँदै पुग्न सकिन्छ ।

dsc_9963sorgadwori2-copy

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।