एक लिटर पेट्रोलको मुल्य १७८ रुपैयाँ

जेठ २७ काठमाडौं। नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।

पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टितेलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।