सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घट्यो 

माघ १३, काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनचाँदीको मुल्य घटेको छ ।

सुन आज प्रतितोला ९ सय रुपैयाँले घटे सँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार चाँदी पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।