नेप्सेको सिइओ छनोटका लागि संक्षिप्त सूचीमा पाँच जना

पुस २३, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् ।

आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारीको नाम सर्टलिस्टमा परेको छ ।सिइओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ ।

नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको लामो समयसम्म सिइओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । अब भने नियुक्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।