ntc

#बिना मगर

मन्त्रिपरिषद्बाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

चैत १८,काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो। मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो। [विस्तृतमा...]

मेरो चरित्रहत्या गर्न खोजियोः खानेपानीमन्त्री मगर

चैत १४,काठमाडौँ। खानेपानीमन्त्री बिना मगरले आफ्नो राजनीतिक चरित्रहत्य गर्न खाजेको आरोप लगाएकी छन् । विवेकशील नेपाली पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध उजुरी हालेर चरित्र हत्या गर्न खोजेको भनाई उनको छ। विवेकशीलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित मन्त्री मगरविरुद्ध उजुरी हालेको थियो । विवेकशीलकी रञ्जु दर्शनाले आयोगमा दिएको उजुरीको समाचार प्रकाशित भएपछि मन्त्री मगले बिहीबार विज्ञप्ति जारी गर्दै आयोजनाको कुनै पनि निर्णयमा आफ्नौ कुनै भूमिका [विस्तृतमा...]

मेलम्ची खानेपानी आयोजना ठेकेदारले छाडे पनि क्षति हुन्नः मन्त्री मगर

पुस ६,काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ठेकेदार कम्पनी सिएमसीले काम छोडेर गए पनि मेलम्ची खानेपानी आयोजना प्रभावित नहुने बताएकी छिन् । संसद्को अर्थ समितिमा बिहिबार मन्त्री मगरले भनिन्, ‘ठेकेदार कम्पनीको साढे तीन अर्बभन्दा धेरै रकम हामीसँग सुरक्षित छ । उसले छाडेरै गएपनि आर्थिक रुपमा हामीलाई क्षति हुन्न ।’वार्ता गरेर सकेसम्म यही ठेकेदारबाटै निर्माण सम्पन्न गराउने बताइन् । नागरिकदैनिकबाट [विस्तृतमा...]

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची

भदौ १३,काठमाडौं। मेलम्चीको चर्चा अझै सकिएको छैन। मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ। मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो। उनले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन। यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् । [विस्तृतमा...]
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।