ntc

#फोहोर

उपत्यकाको फोहोर कहाँ फाल्ने ? सिसडोल ल्याण्डफिल साइट फेरि बन्द !

बैशाख १७,काठमाडौँ। स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन्। सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी बन्द गरेका हुन्। करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा बत्ती नबलेपछि आक्रोशित स्थानीयले उपत्यकाका १८ स्थानीय निकायको फोहोर ढुवानी ठप्प पारेका हुन्। ककनी गाउँपालिका १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले आफ्नै नेतृत्वमा फोहोर ढुवानी बन्द भएको बताउँदै भने–म पार्टीको [विस्तृतमा...]

सहरकाे फाेहाेर सिधै नदीमा फालिन्छ

बैशाख ११,बुटवल। देश ५ का मुख्यमन्त्री शंकर पोखरेल फागुन २ गते बुटवलको सडक सरसफाइमा जुटे, नालीमै पसेर फोहोर टिपे। उनीसँगै सरकारी उच्च अधिकारी तथा बुटवल नगरपालिकाका मेयर–उपमेयरसहितको टोलीले बिहानभरि संकलन गरेको फोहोर तिनाउ नदीको किनारमा लगेर फालियो। प्रदेश स्थापनाको अवसर पारेर सरकारले फागुन २ गतेदेखि सफा र स्वस्थ प्रदेश अभियानको सुरु गरेको छ। तर प्रदेश मुकाममै फोहोर व्यवस्थापनको उचित प्रबन्ध हुन नसक्दा अभियानले सफलता हासिल गर्नेमा आशंका छ। नदीकिनारमा फोहोर फालिँदा तिनाउ, डन्डा, [विस्तृतमा...]

काठमाडौं उपत्यकाकाको फोहोर व्यवस्थापन गर्न वार्षिक १० करोड खर्च

फागुन ४,काठमाडौं। स्थानीय निकायले फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपियाँ खर्च हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको लाग्ने गरेको छ। महानगरपालिकाले मात्रै वार्षिक करिब ५ करोड रुपियाँ खर्च गर्ने गरेको छ। फोहोर व्यवस्थापनबाहेक ढुवानी गर्दा लाग्ने लागत अत्याधिक देखिएको छ। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले ढुवानीमा मात्र वार्षिक करिब ५ करोड रुपियाँ खर्च हुने गरेको जानकारी दिए । कामपाको टेकुस्थित ट्रान्फर स्टेसनबाट [विस्तृतमा...]

काठमाडाैंमै पाँच वर्षदेखि फोहोर उठेन

फागुन ३,काठमाडौं। काठमाडौं महानगरपालिका, ६ स्थित बौद्ध परिर्वतन मार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर उठ्न सकेको छैन् । उक्त मार्गको करिब ४ रोपनी क्षेत्रफलको खाली जग्गामा हिँडडुल गर्ने सर्वसाधारणलाई फोहोर फालेपछि सरोकारवालाले चासो नदिँदा अहिले फाहोर थुप्रिएको हो। परिवर्तन मार्गमा बस्दै आएका राजकुमार लामाले फोहोरको दुर्गन्धमा रुमलिएर बस्न बाध्य भएको बताए। ‘म बस्दै आएको करिब पाँच वर्ष भयो,’ उनले भने, ‘यो जग्गामा फालिएको फोहोर अहिलेसम्म उठ्न सकेको छैन । फोहोरको दुर्थन्धले बस्न [विस्तृतमा...]

कुहिने फोहोर ललितपुर महानगरले खरिद गर्ने

पुस २७,ललितपुर। पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ। महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरेकाले उनलाई फोहोर व्यवस्सथापन गर्न हम्मेहम्मे पर्ने गरेको छ। ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेपछि अहिले उनी मख्ख छन्। भन्छन्, ‘यसले वडा सफासुग्घर हुने मात्र नभई ५/६ रुपैयाँ भए पनि दैनिक आम्दानी हुनेछ। उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। घोषणा भाषणमा सीमित नहोस्,’ उनले भने। [विस्तृतमा...]

जटिल बन्दै उपत्यकाको फोहोर व्यवस्थापन

भदौ १,काठमाडौं। सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ। नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन। उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ। लगातारको वर्षाको कारण [विस्तृतमा...]

फोहोरबाट ग्यासः सिलिन्डरको ९०० रुपैयाँ

साउन ११,काठमाडौं। फोहोरबाट बायोग्यास। दिनको १५० सिलिन्डर उत्पादन। एक सिलिन्डरको ९०० रुपैयाँ मात्र हो। पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ। इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ। उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ। ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्सा–भान्सामा ग्यास पुर्याउने लक्ष्यछ’, उनले भने, ‘यो सस्तो मात्र [विस्तृतमा...]
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।