चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर
माघ २१, काठमाडौँ। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् । चीनमा रोकिएका ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको संघका अध्यक्ष बच्चु पौडेलले बताए। सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका माघ १५–३० सम्म १५ दिनका लागि बन्द गरेको छ। चीनसँग व्यापार-व्यवसाय गर्दै [विस्तृतमा...]