ntc

#केपी शर्मा ओली

प्रधानमन्त्रीको अभिव्‍यक्तिपछि संसद अवरुद्ध

बैशाख २४,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीत तथा कार्यक्रममाथि उठेका प्रश्‍नहरुलाई निमसरा र कुण्ठाग्रस्त भनेपछि आक्रोसित प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका [विस्तृतमा...]

प्रधानमन्त्री ओली भियतनाम जाँदै, नेपाल–भियतनाम हवाई सम्झौता हुने

बैशाख २०,काठमाडौं। नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ। भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो। ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज हुनेछ, यसले नेपाल भ्रमण वर्षलाई सकारात्मक टेवा दिनेछ’–भ्रमणबारे [विस्तृतमा...]

ललितानिवास प्रकरणः प्रधानमन्त्री ओली भन्छन्, महासचिवले जग्गा किनेको हो, हडपेको होइन

बैशाख १८,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन्। नेकपा संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदलाई सम्बोधन गर्ने क्रममा दलका नेता प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सत्तासीन दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलसमेत सरकारी ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो। [विस्तृतमा...]

प्रधानमन्त्रीले आकाशबाटै सिक्टा निरीक्षण गरेपछि बेवास्था गरेको स्थानीयको गुनासो

बैशाख ४,काठमाडौँ। सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मुल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थे। सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मुल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थे। प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना सिक्टाको दुरवस्था आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा स्थानीयको थियो। प्रधानमन्त्रीका [विस्तृतमा...]

प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्पः पात्रो फेरियो, अवस्था फेरिएन

बैशाख १,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ।नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए। प्रधानमन्त्री ओलीले वर्ष २०७५ भरि नै यस्ता मिठामिठा सपना देखिरहेरबाँडिरहे। तर एक वर्षअघि भित्तामा झुन्ड्याइएको पात्रो नयाँ वर्ष २०६७ को आगमनसँगै फेरियो, जनताको जीवनस्तरमा भने केही परिवर्तन आएको छैन। बाम विश्लेषक भरत [विस्तृतमा...]

ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी

चैत ३०,काठमाडौं। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन्। त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन्। जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेका हुन्। बिहीबार चन्द्रागिरि पुगेका ओली-दाहाल शुक्रबार दिउँसाे [विस्तृतमा...]

तपाईंले रोपेका विरुवा कसले जोगाउँछ प्रधानमन्त्रीज्यू ?

चैत २८,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रोपेका फलफूलका विरुवा जोगाउनै मुस्किल भएको छ। गत जेठ २२ गते प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ सुरु गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एभोकाडो र लिची रापेका थिए। उक्त अभियानअन्तर्गत २८ लाख ९० हजार ९ सय १९ विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले जानकारी दिए। कार्यालयले मंसिरमा तथ्यांक प्रकाशित गरेको थियो। ‘अहिले पनि सबैतिर यो अभियान [विस्तृतमा...]

प्रधानमन्त्रीको पहलमा धनकुमारीलाई नागरिकता

चैत १५,काठमाडौँ। नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी धनकुमारी राईले बिहीबार नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड प्राप्त गरेका थिए। थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउ भेटिएकी राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे पहल तथा जिल्ला प्रशासन कार्यालय नुवाकोेटको सहकार्यमा नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री कार्यालयले धनकुमारीको वस्तुस्थितिबारे जानकारी लिन जिल्ला प्रशासन [विस्तृतमा...]

शक्तिशाली बन्दै प्रधानमन्त्री: सेना परिचालसम्म गर्न सक्ने अधिकार

चैत ५,काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन्। राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेका हुन्। सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफै अध्यक्ष रहेका राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य, र अधिकारसम्बन्धी विधेयकमार्फत सेना परिचालनको अधिकार [विस्तृतमा...]

विप्लवलाई प्रधानमन्त्रीको सुझाव : नेकपा फेरेर लुटेरा समूह राख्न (भिडियोसहित)

फागुन २४,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाव दिएका छन्। साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले गर्ने बताए [विस्तृतमा...]
1 2 3 6
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।