ntc

सकारात्मक समाचार

साउदी जेलमा रहेका चौधरीको रिहाईको लागि ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण

असार १८काठमाडौं। विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ । संस्थाद्वारा संकलन गरिएको उक्त‘ब्लड–मनी’साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै बताएक हुन । गाडी चलाउने क्रममा [विस्तृतमा...]

१४ सय किसानको ऋण तिरे अमिताभ बच्चनले

मंसिर ६,काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन्। उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन्। यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन्। मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए। एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् । बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन्। उनले [विस्तृतमा...]

जोशीले नै गरे प्रधानन्यायाधीश मिश्रलाई स्वागत

भदौ २६,काठमाडौं। संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीले आफू मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन्। उनले नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै न्यायालयमा जुनियर, सिनियर नहुने अभिव्यक्तिसमेत दिए । ‘मिश्र श्रीमान् मेरो समकक्षी हो । सिनियर र जुनियरको कुरै उठदैन,’ जोशीले वरिष्ठतम न्यायाधीशका रूपमा स्वागत गर्दै भने, ‘न्यायालयमा कोही जुनियर र सिनियर हुन्न । अब म मंगलबार नै अदालतमा गएर दैनिक कामकाज गर्न [विस्तृतमा...]

लाईभ प्रस्तुती दिँदै अनमोल, गर्दैछन् नेत्रहिन महिलालाई सहयोग

असार ९,काठमाडौं। नायक अनमोल केसीले देशका चार प्रमूख शहरहरुमा हुने कार्यक्रममा लाईभ प्रस्तुती दिने भएका छन्। शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मोनिका इन्टरनेशनल ग्रूपले ‘अनमोल साँझ २०१८’ बारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा अनमोल आँफै उपस्थित भई कार्यक्रमको उद्देश्य तथा आफ्नो प्रस्तुतीबारे जानकारी दिएका हुन् । भाद्र ९ गतेबाट शुरु हुने कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन, कला सँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला संघ [विस्तृतमा...]

नेपाली चार महिला पत्रकारले चुमे सगरमाथा

जेठ ९,काठमाडौं। नेपाली चार जना महिला पत्रकारहरुले सगरमाथाको सफल आरोहण गरेका छन्। नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्। उनीहरु बुधबार बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । महिला पत्रकारहरुको समूहमा पाँच सदस्य थिए। तर, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की भने अस्वस्थ भएपछि तेस्रो आधार शिविरबाटै फर्किएकी छन्। ‘समानताका लागि बुलन्द आवाज’ [विस्तृतमा...]

आजदेखि मुलुक लोडसेडिङ मुक्त

वैशाख ३१,काठमाडौं। देशभर लोडसेडिङ अन्त्य भएको छ। सोमबार नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकहरुको विद्युत् अन्त्य गरेसँगै मुलुक लोडसेडिङ मुक्त बनेको छ। यसअघि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा ६ घण्टा लोडसेडिङ कायम राखी अन्य क्षेत्रमा लोडसडिङ अन्त्य गरेको थियो। अब औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य भएसँगै देश लोडसेडिङ मुक्त बनेको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पद सम्हालेपछि देशलाई लोडसोडिङ अन्त्य गर्ने बताएका थिए। [विस्तृतमा...]

वीर अस्पतालको रुप फेर्दै धुर्मुस्–सुन्तली

वैशाख २७,काठमाडौं। सरकारी अस्पताल सफाई अभियान अन्तर्गत वीर अस्पतालमा कलाकारहरुको उपस्थितीमा रंग लगाउने कार्य भइरहेको छ।  धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगमा वीर अस्पताल सफाई अभियान सुरु भएको चौथो दिन बिहीबारसम्म आइपुग्दा वीर अस्पतालको रुप नै परिवर्तन भएको देख्न सकिन्छ। धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगमा यही वैशाख २३ गते आइतबारदेखि शुरु भएको ‘सरकारी अस्पताल सफाई’ अभियान अन्तर्गत बुधबार मुलुककै जेठो मानिने वीर अस्पतालमा रंग लगाउने काम शुरु भएको थियो। बुधबार वरिष्ठ हाँस्य [विस्तृतमा...]

नेपालले विश्वकप छनोट खेल्ने पक्का, करण बने हिरो

फागुन २,काठमाडौं। नेपालले विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई १ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा पुग्दै सन् २०१८ को विश्वकप छनोट खेल्ने भएको [विस्तृतमा...]

यस्तो छ धुर्मुस-सुन्तलीले बाढी पीडितका लागि सन्तपुरमा बनाएको नमुना बस्ती (फोटोफिचर)

माघ २८,रौतहट। धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटको सन्तपुरमा बाढी पीडितका लागि निर्माण गरे छ। बस्ती पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभूत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको [विस्तृतमा...]

फ्यानकै कारण धुर्मुससँग सुन्तलीको विवाह

माघ ३,काठमाडौं। हाँस्य टेलिशृंखला मेरी बास्सैमा सीतारामजी र मैले धुर्मुस-सुन्तलीको पात्रमा श्रीमान श्रीमतीको भूमिकामा अभिनय गर्‍यौ। जुन पात्रले आज हामी चिनिएका छौ। तर, टेलिभिजन पर्दामा हामी जसरी प्रस्तुत भएका थियौं, दर्शकले पनि हामीलाई त्यसरी नै लिइदिनु भयो। हाम्रो विवाह नहुँदा नै हामीलाई फ्यानहरूले वास्तविक श्रीमान-श्रीमती बनाइसक्नु भएको थियो। कतिपय ठाउँहरूमा जाँदा उहाँहरूले हामीलाई विवाह नहुँदा नै श्रीमान श्रीमती भनेको सुनेर हाम्रो विवाह भएको छैन भन्थ्यौ। त्यसपछि धेरै [विस्तृतमा...]
1 2 3 5
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।