ntc

साहित्यसुधा

हजारौंको रगत पसिना खाडीमा बेच्न बाध्य बनाएको छ यो राज्यले । सरकार ! के यसको हिसाब छ ?

नवराज शाही कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ?कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई सन्तानलाई जन्म दिन ? तर, कति सजिलै फेरिएझैं लाग्छ यो समय । कति सजिलै बद्लिएझैं लाग्छ जीवनको क्यालेण्डर । थाहा छैन जीवनका दुइ दर्जन वर्ष कसरी बिते । र, थाहा छैन जीवनमा अवका वर्ष कसरी बित्ने हुन् ? प्रसगं त्यतिबेलाको हो, जब म जीवनको २१ औं बसन्तमा प्रवेश गर्दै थिएँ [विस्तृतमा...]

लासको हत्या

                                                                                              सुरेन्द्र सुमन अचेल म लासै लासको बीचमा बाचिरहेको एउटा जिउदो लास जस्तै भएको छु । कुनै ‘हट’ सुन्दरीको कोमल स्पर्शले मेरो शरीरमा कुनै किसिमको करेन्ट प्रवाह हुदैन अचेल– म मुर्ति नै मुर्तिको बीचमा कुदिएको अश्लिल टुँडाल जस्तै भएको छु । हत्या गरिएको कुनै विभत्स लासको दृश्य एउटा कुरुप कविताको हत्या जस्तै लाग्छ हिजोआज– म भित्र एउटा वयस्क झुसिलकिरा सल्याक सुलुक हिडिरहन्छ, जिउदो रहेको अभिनय गरिरहेका लासहरुको खोजीमा गल्लीहरुमा भुस्याहा [विस्तृतमा...]

तिमी मरेकी छैनौ

टेकु ओली सबैकी प्रिय तिमी नफक्रि ओइलायौ थाहा छैन मलाई किन चुँडाइयौ ? फुल्न नपाइकनै दैबको गिद्धे नजरले वा जिन्दगीको यात्रामा लागेका ठेसहरुले मलाई यत्ति थाहा छ तिमी झरेकी छैनौ ओईलाएकी मात्र हौ । तिम्रा पनि हुँदा हुन अनगिन्ती सपनाहरु जो पुरा हुन सकेनन् तिमीलाई लाग्दो हो सपनाहरु मेटिइसके मलाई चुडाइएसँगै तिम्रा ति सपनाहरु टरिसकेका छैनन केवल सरेका हुन् तिम्रो स्मृतिबाट मेरो मनसपटलमा । हो पुरा गर्नुछ म ति सपना अधुरा फुल फुलाउनु छ सपनाको फुलबारीमा म रिसाएको छु दैबको नियतीसँग तर हारेको छैन मन [विस्तृतमा...]

(आमाको पीडा)

जननी आमा तीमी जन्माएर गयौ कीन लालन(पालन नगरी अन्तरध्यान भयौ किन तीमी रोईरहीछ्यौ कताकता हामी टुलुटुलु हेरीरहेछौ तीमीलाई तीम्रै आसुको साहारामा बाचीरहेछौ तर हामी हासीरहेछौ तीमी रोईरहीछ्यौ । धीक्कार छु म आफैलाई दुधको भारा तीर्न सकीन तीम्रै लागी बाच्छु भने सुखसयल दीन सकीन कतै छैन तीमीलाई सुख यस अनी आराम धुजाधुजा तीम्रै तन पारी सक्यौ तेरोमेरो भनी बाडेर खायौ तीमी रोईरहीछ्यौ हामी हासीरहेछौ बक्षस्थलमा टेकी बाचीरहेछौ तीमी रोईरहीछ्यौ । कसैले देखे स्वीजरल्यान्डको सपना कसैले हङ्कङ्र [विस्तृतमा...]
1 2
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।