ntc

समुन्द्र पारि

मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटना

साउन १६,काठमाडौं। मेक्सिकोमा विमान दुर्घटनामा परेको छ। १०१ जना सवार विमान दुर्घटनामा परेको हो। मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ। उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए। दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको [विस्तृतमा...]

पाकिस्तानी चुनावमा कसले मार्ला बाजी

साउन ९,काठमाडौं। चलखेल र हिंसासम्बन्धी चिन्ताका माझ सम्पन्न चुनावी अभियानपछि पाकिस्तानमा आज संसदीय चुनाव अन्तर्गत मतदान भइरहेको छ। संसद्को तल्लो सदन र चारवटा प्रान्तीय सभाका लागि करिब १० करोड ६० लाख मानिसहरू मतदाताका रुपमा दर्ता भएका छन्।पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री नवाज शरिफको दल पीएमएल-एनलाई हराउने अपेक्षा गरेको छ। तर मानव अधिकार आयोगले भनेको छ, “चुनावमा चलखेल गर्ने प्रयास ‘स्पष्ट’ रुपमा देखिएको छ।” सुरक्षा स्थानीय समय अनुसार बिहान [विस्तृतमा...]

४ वर्षपछि इजरायलले थाल्यो हमासविरुद्ध ठूलो आक्रमण

असार ३१,काठमाडौं। इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध चार वर्षयताकै ठूलो आक्रमण गरेको छ। इजरायलका अनुसार ९० भन्दा धेरै रकेट हमलाको जवाफमा हमासका दर्जनौं स्थानमा आक्रमण गरिएको छ। सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ ।प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार गाजा शहरमा भएको हवाइ हमलामा दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन् । इजरायलको रक्षाबल आईडीएफका अनुसार गाजाका हमास प्रभावित क्षेत्र, उनीहरुले प्रयोग गर्ने स्थान, बेट [विस्तृतमा...]

जापान: सारिन हमलामा संलग्न समूहका नेतालाई मृत्युदण्ड

असार २२,काठमाडौं। जापानको टोक्योस्थित एउटा सब-वे मा सन् १९९५ मा स्नायुप्रणालीमा असर गर्ने घातक ग्यासको प्रयोग गरी हमला गर्ने एउटा सम्प्रदायका संस्थापकलाई मृत्युदण्डको सजाय दिइएको छ। शोको आशहारा आफूहरूबाहेक पृथ्वीमा रहेको सबैकुरा समाप्त हुँदैछ भन्ने हल्ला चलाउने ओम सिनरिक्यो समूहका नेता थिए। बिहानीको व्यस्त समयमा टोक्योको रेलप्रणालीमा सो सम्प्रदायका सदस्यले सारिन ग्यासबाट हमला गरेपछि कम्तीमा १३ जना मारिएका थिए र हजारौँ घाइते भएका थिए। उक्त समूहका अन्य छ सदस्यहरू पनि [विस्तृतमा...]

डोनाल्ड ट्रम्प र किम जङ-उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता

जेठ २९,काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-उनबीच ऐतिहासिक भेटवार्ता भएको छ। उनीहरुको सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान भेटवार्ता भएको [विस्तृतमा...]

बेइजिङमा नेपालको श्रीपेच !

जेठ २४,काठमाडौं। चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीमध्ये एउटा छ, नेपालको श्रीपेच। श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालिन राजाका मुकुट वा राजतन्त्रको प्रतीक। प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ। नेपाली र नेपालबारे चासो राख्नेहरुले यसलाई बडो [विस्तृतमा...]

ट्रम्प-किम भेट्दै : सुरक्षा गोर्खा प्रहरीले दिने

जेठ २३, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ । दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकारी कुटनीतिज्ञले बताए । [विस्तृतमा...]

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु

जेठ २१,काठमाडौं। ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ। झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) लाई उद्धृत गर्दै बीबीसीले ज्वालामुखी विस्फोट हुँदा घरहरु नष्ट भएको र मानिसहरु जलेको जनाएको छ। आकाशमा फैलिएको [विस्तृतमा...]

‘हत्या भएका’ रुसी पत्रकार जीवित

जेठ १७,काठमाडौं। युक्रेनले हत्या भएको भनेर जानकारी दिएको एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन्। एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन्। उनी क्रेमलिनको कट्टर आलोचकका रुपमा चर्चित पत्रकार हुन्। पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका छन्। [विस्तृतमा...]

ट्रम्पको निर्णयप्रति उत्तर कोरिया दु:खी

जेठ ११,काठमाडौं। उत्तर कोरियाले आफ्ना नेता किम जङ अनसँगको शिखर बैठक रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दु:ख व्यक्त गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरीत भएको बताएको छ। उसले उक्त शिखर बैठकको आयोजनाका लागि किम जङ अनले ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङटनसँगका मतभेदहरु, उसकै शब्दमा, “जहिलेपनि” र “जसरीपनि” समाधान गर्न प्योङयाङ इच्छुक रहेको उल्लेख गरेको छ। शिखर बैठक स्थगनको खबरपछि अन्तर्राष्ट्रिय समुदायले पनि निराशा [विस्तृतमा...]
1 2 3 4 5 10
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।