ntc

समुन्द्र पारि

विदेशबाट १० लाख नेपाली फर्कन सक्ने

बैशाख १४,काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेलगत्तै ती नेपाली श्रमिक फर्कने भएकाले उनीहरुको व्यवस्थापनका लागि तयारी थाल्न सरकारलाई सुझाव समेत दिइएको छ।शनिबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिडियो कन्फेरेन्समा रसियाबाट बोल्दै संघका उपाध्यक्ष बद्रि केसीले लकडाउनको अन्त्यपछि १० देखि १२ लाख [विस्तृतमा...]

विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा

बैशाख २,काठमाडौं। नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ। मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो। कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको छैन । पछिल्ला तीन दिनको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण दर बढ्न सक्ने भन्दै सतर्क रहन चिकिन्सकले सुझाएका छन्। [विस्तृतमा...]

विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने

चैत २६,काठमाडौँ। सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ। कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले यस्तो धारणा प्रकट गरेको हो । सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ। परराष्ट्र मन्त्रालयले विदेशका कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको जनाएको छ। [विस्तृतमा...]

कतार र साउदीपछि मलेसियामा पनि रोक

चैत ५,काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ। मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबार (आज) बाट १४ दिनका लागि विदेशीलाई प्रवेशमा रोक लगाइएको हो। यसअघि कतार र साउदी अरबले पनि नेपाली श्रमिकको आवतजावतमा रोक लगाइसकेका छन्। मलेसियाले विदेशीको प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि जाने कामदार रोकिएका छन्। वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख उमेश बस्नेतले मलेसिया [विस्तृतमा...]

युद्धको सम्भावना बढ्यो, इराकमा कार्यरत ३० नेपाली फकिँदै

पुस २५,काठमाडौं। इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन्। इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। इरानी सैन्य कमान्डर जनरल कसिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखाडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ। [विस्तृतमा...]

अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल थालियो

पुस २४,काठमाडौं। अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ। मङ्गलबार इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि अवस्था झन् तनावपूर्ण बन्दै गएको छ। दुई देशबीच युद्ध भएका खण्डमा इरान र इराकमा रहेका नेपालीको जीवनसमेत सङ्कटमा पर्ने देखिएपछि नेपाल सरकारले सुरक्षा दिने र [विस्तृतमा...]

इराकस्थित अमेरिकी सैन्य अड्डामामा इरानद्वारा आक्रमण

पुस २३,काठमाडौं। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ। अमेरिकाले गरेको ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो। अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको छ। पेन्टागनका अनुसार, मिसाइल आक्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको छ या छैन [विस्तृतमा...]

भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘गुपचुप’ काठमाडौंमा

असार ३०,काठमाडौं। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्। चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन् ।  सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं [विस्तृतमा...]

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा

असार ५,काठमाडौं। रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन्। आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय परिबन्दले पनि जेल पुगेका छन्। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन्। [विस्तृतमा...]

प्यारिसस्थित ८५० वर्ष पुरानो गिर्जाघरमा भीषण आगलागी

बैशाख ३,काठमाडौँ। फ्रान्सको राजधानी प्यारिसस्थित मध्ययुगीन नोट्र-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ। साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्। टोलीहरूले सो प्राचीन गिर्जाघरभित्र रहेका कलाकृतिलाई जोगाउने प्रयत्न गरिरहँदा अग्निनियन्त्रकहरू आगो नियन्त्रणमा लिन अझै प्रयासरत छन्। राष्ट्रपति एमानुएल माक्रोँले आगलागीलाई एउटा ‘ठूलो विपद्‌’ को सङ्ज्ञा दिएका छन्। आगलागीको कारण [विस्तृतमा...]
1 2 3 10
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।