ntc

समाचार

अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु, ६ घाइते ,४ जनाको अवस्था गम्भीर

भदौं १२, काठमाडौं । अर्घाखाँचीको हंसपुर-५ रतनमारेमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका छ जना मध्ये चार जनाको अवस्था गम्भीर छ । अर्घाखाँची सदरमुकामबाट प्यूठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप दिउँसो सवा तीन बजेतिर रतनमारे बजार नजिकै पोष्टापाटको भीरबाट करिब सात सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा अधिकांश हंसपुर गाविसका छन् । हंसपुर गाविस(४ का ३५ वर्षीय मिनबहादुर केसी, हंसपुर(१ का ३६ वर्षीय देवबहादुर थापामगर, हंसपुर-५ का ४५ वर्षीय [विस्तृतमा...]

मुग्लिनको बाटो यात्रुहरुको ज्यान सधैं धरापमा

भदौ ११, काठमाडौं । नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ । त्यहीमाथि विस्तारका नाममा सडक विभागले सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन् । चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण रहेको बताए । ‘दुर्घटना भएको बस खसेको ठाउँमा सडक साँगुरो छ । खाल्डाखुल्डी धेरै छन् । त्यही ठाउँमा प्याराफिट पनि [विस्तृतमा...]

विश्वका महिलाहरूमध्ये सर्वाधिक ठूलो कसको वक्षस्थल ?

एजेन्सी । महिलाहरूले आफ्नो शरीरको आकर्षक अंगका रूपमा वक्षस्थललाई छनौट गरेका छन् । आखिर महिलाहरूले आफ्नो वक्षस्थललाई किन आकर्षक अंग मान्छन् भनेर टार्गेट म्यापले विश्वव्यापी सर्वेक्षण गर्दा नयाँ तथ्य अगाडि आएको छ । विश्वका महिलाहरूमध्ये सर्वाधिक ठूलो वक्षस्थल फिनल्यान्ड, नर्वे, रूस र स्वीडेनका महिलाहरूको हुन्छ । उनीहरूको वक्षस्थलको साइज डी छ । त्यसपछि बेलायतका महिलाहरूको पालो आउँछ, जसलाई सी कप साइजको ब्रा चाहिन्छ भने एसियन र अफ्रिकनको ब्राको औसत साइज ए र बी हो । मध्ययुरोप, उत्तर [विस्तृतमा...]

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो,चालकसहित १७ को सनाखत

भदौ १०, काठमाडौं । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतकमध्ये बस चालकसहित १७ जनाको सनाखत भएको छ [विस्तृतमा...]

शीतलनिवासमा सपथ ग्रहण सम्पन्न ,पत्रकारलाई ‘नो इन्ट्री’

भदौं १०, काठमाडौं । शीतलनिवासमा कांग्रेसबाट मन्त्री भएकाहरूको सपथ ग्रहण सम्पन्न भएको छ। उक्त सपथ ग्रहण कार्यक्रम एउटा कोठामा आयोजना गरिएको छ। एउटा कोठामा आयोजना गरिएकोका कारण सपथ ग्रहण कार्यक्रमको समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई शीतल निवास प्रवेशमा रोक लगाइएको छ। मन्त्रीहरूको सपथ ग्रहणको समाचार संकलन र फोटो खिच्न पुगेका पत्रकारहरूलाई गेटमा नै रोकिएको थियो। मन्त्रीहरूको सपथ ग्रहण एउटा कोठामा गर्न लागिएकाले पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ। शीलत निवासका अनुसार [विस्तृतमा...]

दिपशिखाले लक्ष्मीलाई गरिन तिन लाख आर्थिक सहयोग

भदौं १०, काठमाण्डौँ । ठूलो पर्दादेखि टेलिसिरियल सम्म डान्सदेखि कोरियोग्राफि सम्म आफ्नो प्रभाव जमाएकी कलाकार तथा कोरियोग्राफर लक्ष्मी राना ८ वर्षदेखि मिर्गौैलाको रोगको शिकारले थलिएर जीवन मरणको दोसाँधमा रहेकी छन । उनै रानाको उपचारार्थ दिपशीखा खड्काले घाउमा थोरै भए पनि मलम लाउने काम गरेकी छिन [विस्तृतमा...]

क्रिकेटका नाममा मानव तस्करी

भदौं १०, काठमाडौं । जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर–खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ । यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाएका छन् । गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबले सातजना राष्ट्रिय [विस्तृतमा...]

यात्रुबाहक बस त्रिशूलीमा खस्यो, २० जनाको मृत्यु

भदौं १०, काठमाडौं । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट १०० मिटर तल त्रिशुली नदीमा खसेको हो [विस्तृतमा...]

शान्ताको श्रीकृष्ण जन्माष्टमी

भदौ ९, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । यस पर्वलाई आ -आफ्नै रिती रिवाज अनुसार मनाउने गरीन्छ । यस्तै थारु समुदायले पनि यो पर्वलाई विषेश पर्वको रुपमा मनाउने गर्छे । थारु समुदायकी पूर्व सभासद शान्ता [विस्तृतमा...]

‘वारि जमुना पारि जमुना‘गीतका गायक खेमराज गुरुङको निधन

भदौ ९,काठमाडौं । ‘वारि जमुना पारि जमुना…. ‘ चर्चित गीतका गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ । जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा [विस्तृतमा...]
1 452 453 454 455 456 484
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।