ntc

समाचार

अख्तियारले ‘भेटेन’ गोविन्दराज जोशीको फाइल

असार ७,काठमाडौं। अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ। अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो प्रस्टीकरण बुझाएका हुन्। प्रस्टीकरणमा फाइल खोजीका लागि अख्तियारले विशेष समिति गठन गरेको उल्लेख छ। सर्वोच्चले गत जेठ २३ गते जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा निर्णय फाइल नपठाएर अख्तियारले असहयोग गरेको भन्दै अख्तियारका जिम्मेवार [विस्तृतमा...]

मेलम्ची अझै अनिश्चितः ठेक्का बिनाप्रतिस्पर्धा, काम शून्य

असार ६,काठमाडौं। मन्त्रिपरिषद्ले गत जेठ ६ गते मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छिटोभन्दा छिटो सक्न ४३ करोड रुपैयाँमा ठेक्का दिई तत्काल काम थाल्ने निर्णय गर्‍यो। निर्णय भएको एक महिना बिते पनि अझै काम सुरु भएको छैन तर ठेक्काचाहिँ दिइएको छ— बिनाप्रतिस्पर्धा । अघिल्लो ठेकेदार इटालियन कम्पनी सीएमसीलाई ३६ करोड रुपैयाँ भुक्तानी गरेको भए गत माघ २७ मै मेलम्चीको पानी काठमाडौं आइसक्थ्यो ।  ठेकेदारलाई भुक्तानी नदिँदा आयोजना रद्द भएको थियो । त्यसपछि बाँकी कामका लागि मन्त्रिपरिषद्ले दुई [विस्तृतमा...]

पशुपतिको मूल ढुकुटीमा के छ ?

असार ६,काठमाडौं। ‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ रु भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ रु हेरौ त ।’ राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए । उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन् । उनले बन्द अवस्थामा रहेको मूल ढुकुटी खोल्ने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे। [विस्तृतमा...]

सरकार सञ्चालनमा विवादः दुई अध्यक्ष दुईतिर

असार ६,काठमाडौं। नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ। दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो। सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले लिएका पछिल्लो निर्णयको [विस्तृतमा...]

भित्रियो मनसुन, केही दिनभित्रै नेपालभर फैलिने

असार ६,काठमाडौं।यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ। नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए । विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएको औपचारिक जानकारी गराएको छ। मनसुन भित्रिएको जानकारी पाएसँगै अब धान रोपाइँ गर्ने किसानहरूमा खुशी छाएको छ। यतिबेला नेपालको इलाम, झापा, मोरङलगायतका पूर्वी तराईका जिल्ला र पहाडको ताप्लेजुङ इलाकामा मनसुनको असर परिरहेको छ। विभागका [विस्तृतमा...]

नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने

असार ५,काठमाडौं। सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्ला–एक्लै’ भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो। ‘दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन प्रकाशन गरेर जाने समझदारी भएको छ’, स्रोतले अन्नपूर्णसँग भन्यो, ‘प्रतिवेदन प्रकाशनमा आएपछि कार्य्दिशामा देखिन थालेको अन्योल हटेर जान्छ।’ प्रतिवेदन [विस्तृतमा...]

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा

असार ५,काठमाडौं। रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन्। आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय परिबन्दले पनि जेल पुगेका छन्। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन्। [विस्तृतमा...]

मेलम्चीको ठेक्का आह्वान, ११ महिनाभित्र पानी उपत्यकामा

असार ५,काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम गर्न ठेक्का आहवान गरेको छ। करिब ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आहवान गरिएको हो। मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आहवान गरिएको छ। ‘व्ययभार नबढ्ने गरी टेन्डर आहवान गरेका छौं,’ उनले भने, ‘चाँडै सबै प्रक्रिया पुर्‍याएर काम अघि बढाउँछौं।’ सचिव शर्माका अनुसार मेलम्चीको बाँकी कामलाई मुख्य दुइटा प्याकेजमा विभाजन गरिएको छ। [विस्तृतमा...]

गुठी विधेयक फिर्ता होइन खारेज,माइतीघर मण्डलामा विशाल प्रदर्शन (फोटो/भिडियो)

असार ४,काठमाडौं। सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिए पनि आन्दोलन रोकिएको छैन। सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि उपत्यकाका गुठियारहरुले आन्दोलन रोकेका [विस्तृतमा...]

‘मलाई ओलीले हेपे, हामी बोल्दैमा डराउनुपर्छ ? : शेरबहादुर देउवा

असार ४,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले हिजो संसदमा बल मिच्याइ गरेर आफूलाई बोल्न नदिएको भन्दै आक्रोश पोखेका छन्। बुधबार प्रतिनिधिसभामा उनले विपक्षी पहिला बोल्ने विश्वव्यापी संसदीय अभ्यासविपरीत सरकार अघि बढेको आरोप लगाए। ‘हिजो उल्टो भएको छ, प्रजातन्त्रमा विपक्षीले पहिला बोल्ने हो ‘उनले भने’। त्यसमाथि मैले पहिल्यै समय लिइसकेको थिएँ। संसारभरको मान्यता नै संसद विपक्षीको र सरकार सत्ता पक्षको हो, उनले अगाडि भने, ‘विपक्षीको काम नै बोल्ने हो। [विस्तृतमा...]
1 2 3 4 5 459
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।